काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्वन गर्न पाँचौ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्वन मेला आजबाट सुरु हुँदैछ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवर्द्वन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ । मेला १५ दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ भदौ २०७९, ११ : ३९
लेखकबाट थप