काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्।
टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् । नेपाल फर्किएको भोलिपल्ट उनी बिरामी भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १५ : ४७
लेखकबाट थप