अर्थ मन्त्रालयका सचिव मरासिनीको सरुवा, अर्थसचिवको जिम्मेवारी पुष्करलाई

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १६ : ३८
अर्थ मन्त्रालयका सचिव मरासिनीको सरुवा, अर्थसचिवको जिम्मेवारी पुष्करलाई

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको बालुवाटार स्रोतले जानकारी दियो।

अर्थमन्त्री जनार्दन शर्मा करका दर हेरफेरमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भन्दै विवादमा मुछिएपछि मरासिनी बिदामा बसेका थिए। शर्माको चौतर्फी विरोध हुँदा संसदीय छानबिन समिति गठन गरिएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। शर्माको राजीनामासँगै उनी अर्थ मन्त्रालय फर्किएका थिए। तर संसदीय छानबिन समितिले प्रतिवेदन पेश गरेपछि शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भए।

शर्माको अर्थमन्त्रीमा पुनः नियुक्तिसँगै उनी मन्त्रालय जान छाडेका थिए। सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिने निर्णय गरेको छ। उनी अहिले राजस्व सचिव छन्। 

प्रतिक्रिया दिनुहोस