एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

सफल खबर संवाददाता

विहीबार, १२ साउन २०७९, १५ : १०
एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नयाँ वरियतामा न्यूजिल्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी साउथ अफ्रिका छैटौं, बङ्गलादेश सातौं, श्रीलंका आठौं, वेष्टइन्डिज नवौं तथा अफगानिस्तान दसौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस