काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा अवस्थित कक्षा ३ सम्म पढाइ हुने दुर्गा आधारभूत विद्यालयमा एक जना मात्रै विद्यार्थी छन् । उनी हुन् अढाइ वर्षीय सिमरन सोमै । चालु शैक्षिक सत्रमा उनीसँगै अरु दुई जना आएका थिए । तर, दुई जनालाई अभिभावकले निजी विद्यालय लगेपछि सिमरन एक्लै विद्यालय आइरहेका छन् । कक्षा १ देखि ३ सम्म कुनै विद्यार्थी छैनन् ।
विद्यालयको स्थापना २०४५ सालमा भएको प्रधानाध्यापक हरिबहादुर खड्का बताउँछन् । ५५ जना विद्यार्थी भर्ना गरेर २०४५ सालमा एकसम्म खुलेको विद्यालय हरेक वर्ष कक्षा थप गर्दै ४ कक्षासम्म पुर्याइएको थियो । तर शिक्षक दरबन्दी कम भएकाले ४ कक्षा सञ्चालन गरेको चार वर्षपछि आन्तरिक स्रोतबाट निरन्तरता दिन सकिएन । त्यसपछि ३ सम्म मात्रै कायम गरेर पढाउन थालिएको प्रधानाध्यापक खड्काले जानकारी दिए ।विद्यालयमा केही वर्षअघिसम्म करिब दुई सय जनासम्म विद्यार्थी पुगेका थिए । तर, अभिभावकमा देखिएको अंग्रेजी मोहले बालबालिका अंग्रेजी माध्यमका विद्यालयतिर लैजान थाले । त्यसपछि दुर्गा आधारभूत विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।
गत वर्ष वैशाखमा नगरपालिकाले विद्यालय नजिकै रहेको बरामिका आधारभूत विद्यालयमा समायोजन भएर दुर्गा आधारभुत खारेज भएको सूचना निकाल्यो । गत वर्ष २१ जना बालबालिका थिए । विद्यालय अर्को विद्यालयमा समायोजन भएको र खारेज भएको सुनेपछि अभिभावकले भएका बालबालिका पनि अन्तै लगे
तर विद्यालय शिक्षक कर्मचारी भने अहिलेसम्म व्यवस्थापन भइसकेको छैन । शिक्षक, कर्मचारी व्यवस्थापन भइनसकेकाले उनीहरु विद्यालय आउँछन् । त्यसैले शिशु कक्षामा अढाई वर्षीय विद्यार्थी आउने गरेको प्रधानाध्यापक खड्काले बताए ।
नगरपालिकाले शिक्षकहरुलाई अध्यापनको लागि विद्यालय छनोट गरी निवेदन दिन भनियो । स्थाई शिक्षक मध्ये प्रधानाध्यापक खड्का स्वेच्छिक अवकास लिने तयारीमा छन् । भने दुई जना शिक्षकले विद्यालय छनोट गरेर नगरको शिक्षा शाखामा निवेदन दिएका छन् । अब एक जना बालविकास शिक्षक र एक जना कार्यलय सहयोगीलाई निरन्तरता नहुने नगरशिक्षाले जानकारी दिएको प्रधानाध्यापक खड्का बताउँछन् । उनले भने ‘विद्यालय रोज्ने शिक्षक साथीहरुलाई अहिलेसम्म नगरपालिकाले अब पठाउँछ होला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १३ : ५५
लेखकबाट थप