पोखरा । विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो ।
एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो । गत संस्करण पनि फाइनल खेलेको एपीएफ नेपाल पुलिससँग पराजित हुँदै उपविजेता बनेको थियो ।टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता पाँच टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा आर्मी तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । यस्तै एपीएफ दोस्रो भएर फाइनल पुगेको थियो ।
शनिबारै पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।च्याम्पियन एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ माघ २०७८, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टाइगर कप भलिबल : घरेलु गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन
टाइगर कप भलिबल : श्रीलङ्का आर्मीलाई हराएर एपिएफ तेस्रो