बरमझियामा पेडा पसलको ओइरो, गुणस्तर धान्न चुनौती

पत्रपत्रिकाबाट

बुधबार, ०८ मंसिर २०७८, ०७ : ५४
बरमझियामा पेडा पसलको ओइरो, गुणस्तर धान्न चुनौती

सप्तरी । पूर्व–पश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका–२, बरमझिया पुगेपछि राजमार्गसँगै लम्बिएको पेडा बजारमा एकछिन जो पनि अलमलिन्छ।

यहाँ उस्तैउस्तै नामका झन्डै एक सयवटा पेडा पसल छन्। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने मेचीदेखि महाकालीका यात्रुलाई यहाँको पेडाले मिठो स्वाद दिएको छ। स्वाद मात्र होइन, बरमझियाको पेडा उद्योगले सप्तरी,सिरहा, उदयपुर, सुनसरी र झापाका पशुपालक किसानलाई उत्साहित र प्रोत्साहितसमेत गरेको छ।

यहाँ सयको हाराहारीमा सञ्चालित पेडा पसल सबै गुणस्तरीय भने छैनन्। सबै पसलेले अघिल्तिर ‘असली’ ‘पुरानो’ जस्ता शब्द झुन्ड्याएका छन्। जसले गर्दा असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन्। असली बूढो बाजेले खोलेको पेडा पसल भने सशस्त्र प्रहरीको ब्यारेक छेउमै छ।

बरमझियामा निकै पहिलेदेखि भैंसीपालन क्षेत्र भएको राजकुमार साहले बताए। दूधको कमी कहिल्यै भएन। पछिल्लो समय पेडाका निम्ति प्रसिद्ध भएपछि आफ्नो क्षेत्रले मुलुकभरि पहिचान पाएकोमा उनलाई गर्व लागेको छ।

‘पेडाकै निम्ति गाउँको दूधले मात्र नपुगेर हरेक बिहान उदयपुर, सुनसरी सिरहादेखि ओसार्ने गरिन्छ,’ उनले थपे,‘दैनिक चारपाँच हजार लिटर दूध त पेडामै जान थालेको छ।’ यो ठाउँले पेडाको पहिचान बनाउँदै गएपछि स्थानीय किसान र व्यवसायीलाई लाभ मिल्न थालेकोमा उनी खुसी छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस