कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा

पत्रपत्रिकाबाट

मंगलबार, १६ कार्तिक २०७८, ०७ : ४७
कोटेश्वर–जडिबुटी सडक माघसम्ममा पूरा

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर–जडिबुटी खण्डको दायाँ बायाँ दुवैतर्फ सडक विस्तार कार्य ७० प्रतिशत पूरा भएको छ । कोटेश्वरमा हुने सवारी चापलाई कम गर्न सरकारले कोटेश्वर—जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम थालेकोमा ७० प्रतिशत पूरा भएको हो ।

आगामी माघसम्ममा सो खण्डको काम पूरा गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ । सडक विस्तार कार्य सम्पन्न भएपछि घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने त्यहाँ प्रवेश गर्ने सवारीको संख्या पनि ४० प्रतिशतभन्दा धेरै कटौती गर्ने योजना रहेको छ । सो सडक खण्डमा दक्षिणतिर ३ लेन र उत्तरतिर १ लेन थप गर्दै सडक फराकिलो बनाउने योजना अनुरुप काम भइरहेको छ ।

नयाँ सडक विस्तार अनुसार पेप्सीकोलातर्फ १ लेन र काठमाठौं कोटेश्वरबाट जडिबुटी जाँदा १ लेन तथा जडिबुटीबाट कोटेश्वरतर्फ भने ३ लेन विस्तार हुँदैछ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस