महोत्तरी । महोत्तरी प्रहरी सम्सीमा डकैती भएको चार महिनापछि घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएको छ। सम्सी गाँउपालिका १ पर्सा देवाडमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका २ पुर्नवासाका ४२ वर्षीय कारी पासवान उपनामले चिनिने विश्वनाथ पासवानलाई पक्राउ गरेको हो।
सोनामा गाँउपालिका ३ बाट पक्राउ गरेका पासवानलाई बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो। प्रहरीका अनुसार पासवान लगायतका हतियारधारी समुहले गत असार ३ गते राती स्थानीय विरेन्द्र साहले आफ्नै घरमा सञ्चालन गरेको राजिव ज्वेलर्समा डकैती गरेको थियो।
पासवान लगायतको समुहले घरभित्र प्रवेश गरी ८ लाख ९७ हजार २ सय मूल्य बराबरको सुनचाँदीको गरगहना लुटी लगेको थियो। सो समूहले संचालक विरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुको साथै निजकी श्रीमती सुशिला देवी छोराहरू शम्भु र राजिव तथा छोरी कन्चनलाई रड प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक एवम् महोत्तरीका प्रहरी प्रवक्ताले पत्रकार सम्मेलनका बीच पक्राउ परेका विश्वनाथ पासवानले यस्ता अनेकौं अपराधिक घटनामा संलग्न रहेको खुलासा गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ कार्तिक २०७८, ०७ : ४८
लेखकबाट थप