काठमाडौं । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए ।
उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव पेस गरेको जानकारी दिए । प्राविधिक र आर्थिक मूल्याङ्कनको प्राप्ताङ्क क्रमशः ८० र २० हुन्छ ।
दुईवटै मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुनेछ ।
प्राधिकारणले असोज ३१ सम्म आशयपत्र बुझाउन प्राधिकरणले समयसीमा तोकेकोमा सो अवधिमा दशैँ बिदा परेकाले पाँच दिन समय थप गरेको थियो । सोही अवधिमा ती आठ कम्पनीले प्रस्ताव पेस गरेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ११ कार्तिक २०७८, ०७ : ४५
लेखकबाट थप