काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली डाक्टर’लाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम रुकुम लगायतका ठाउँबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमसहित ७ जना छन् ।
सीआईबीले यसअघि पनि ‘अपरेशन क्वाक’ सञ्चालन गरेर नक्कली चिकित्सकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको थियो । मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन उनीहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, १४ : २३
लेखकबाट थप