काठमाडौं । यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ । व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ ।
यस भाइरसले घर वरिपरी सरसफाई गर्न, घरका हरेक कुनालाई किटाणुरहित बनाउन जस्ता कुराहरु गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा समेत सिकाएको छ ।
चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने चिकित्सकहरुले बताएका छन् । हरेक ठाउँमा कोरोना फैलिइसकेको अवस्थामा आफै सचेत भएर आफ्नो सुरक्षा आफै गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।
यसैबीच, आफू र आफ्नो परिवार सुरक्षित राख्नुपर्ने विभिन्न उपायहरुकाबीच केही चीजहरु भने दिनहुँ सफा गर्नुपर्ने हुन्छ ।
स्मार्टफोन
स्मार्टफोन विभिन्न प्रकारका रोग पैदा गर्ने किटाणु र जिवाणुको घर हो । जुनसुकै ठाउँमा पनि हरेक व्यक्ति आफ्नो सेलफोन बोकेर जाने गर्छन् । जसका कारण सेल फोनमा विभिन्न किटाणु र जिबाणु टाँसिने गर्छन् । एक अध्ययनका अनुसार स्मार्टफोन एउटा शौचालयको सीटभन्दा १० गुणा बढी ब्याक्टेरियाले भरिएको हुन्छ । त्यसैले कोरोना र अन्य संक्रमणबाट बच्न यसको दैनिक सफाई आवश्यक छ ।
मास्क
महामारीबाट बच्नका लागि अत्यावश्यक बस्तुको रुपमा मास्कलाई लिइएको छ । यसले स्वास नलीमा ब्याक्टेरिया र भाइरसलाई छिर्न रोक्छ । तर, मास्कको प्रयोग गरिसकेपछि फेरि दोस्रोपटक सफाई नगरी लगाउनुहुन्छ भने सबै किटाणु र फोहोर स्वासप्रश्वास प्रणालीमा छिर्छ र झनै संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले चिसोको समयमा झनै बढी सर्तक भइ सफा मास्क मात्र प्रयोग गर्नुपर्छ ।
ढोकाको ह्याण्डल
तेस्रो सबैभन्दा महत्त्वपूर्ण चीज हो ढोकाको ह्याण्डल । यो नियमित रुपमा सफा गर्नुपर्ने चीज भित्र पर्छ । विशेषगरी, धेरै प्रयोग हुने ढोका खोल्दा र लगाउँदा हातमा भएका किटाणु त्यसमा टाँसिने र अर्कोपटक खोल्दा र लगाउँदा पुनः हातमा सर्ने हुँदा संक्रमण झनै धेरै फैलिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० मंसिर २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो