काठमाडौं । विगत २० वर्षदेखि आयुर्वेद उपचारमा समर्पित आयुर्वेद हेल्थ होम प्रालिले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेषज्ञ डाक्टरहरुद्धार विशेष परामर्श दिने कम्पनीले जानकारी दिएको छ ।
त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन् । स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोड दिइनेछ ।
त्यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वास्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श उपलब्ध हुनेछ ।
कम्पनीले त्यसबाहेक अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्यासँग सम्बन्धित रोगका बारेमा शिविरमा परामर्श उपलब्ध हुने जानकारी दिएको छ ।
शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्काले स्वास्थ्य परीक्षण गर्नेछन् ।
कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो ।
आयुर्वेद हेल्थ होम प्रालिले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ । यस संस्थाले नेपालमा हेल्थ टुरिजमको विकाशमा अझै योगदान पु–याउने लक्ष्य राखेको छ ।
कम्पनीले आफ्नो नयाँ बिस्तारिक संरचना आयुर्वेद हेल्थ होम रिसोर्ट प्राकृतिक मनोरन छटाले भरिएको ‘नागार्जुन’ काठमाडौंमा छिट्टै शुरु गर्ने जानकारी दिएको छ । जुन ३० रोपनी क्षेत्रफलमा अवस्थीत छ ।
यस विस्तारित आयुर्वेद हेल्थ होम रिसोर्ट ले ८० भन्दा बढि को संख्यामा रोजगारिको अवसर दिने छ । यस संस्थाको आफ्नै जडिबुटीको गार्डेन र औषधी प्रशोधन गर्ने युनिट पनि रहेको छ ।
शिविरमा सहभागी भइ परामर्श लिनका लागि फोन नम्बर ०१–४३५५१४४, ४३५८७६१ मा सम्पर्क गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १३ : ११
लेखकबाट थप