पार्टी एकतालाई सुदृढ गर्नु नै मुख्य चिन्ता : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १५ : ३२
पार्टी एकतालाई सुदृढ गर्नु नै मुख्य चिन्ता : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सुदृढ गर्नु नै मुख्य चिन्ता रहेको बताउनु भएको छ । 

तुलसीलाम आमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘पार्टीमा पदको लागि झिनाझिप्टी बिल्कुलै होइन, पार्टीको विचार र पद्धतिलाई कसरी अगाडि बढाउने विषयमा बहस भइरहेको हो ।’

पार्टी फुटाउने र टुटाउने कामलाई परास्त गर्दै आगडि बढ्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले पार्टीका आम कार्यकर्ता र आमजनताको चाहना पार्टी विभाजन नहोस् भनि चिन्ता जाहेर भइरहेको बताउनुभयो । यद्यपि पार्टी एकतालाई बचाउने नाममा विचार र पद्दतीको बसहलाई रोक्न नहुने उहाँको भनाइ थियो । 

पदभन्दा ठूलो कुरा जनताको सेवा नै भएको जिकिर गर्दै उहाँले राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र जनतालाई सेवा गर्ने मुख्य उद्देश्यका साथ पार्टीका विचार र पद्धतिको विषयमा छलफल भइरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अस्थिरता झल्किने कुनै पनि काम नहोस् भनेर त्याग गरेर आएका नेता हामी हौँ । त्यसैले पदका लागि हामी कहिले झगडा गर्दैनौँ । विचार र पद्दतीको पालना कसरी हुन्छ त्यसका लागि छलफल भइरहेको छ ।’

प्रतिकृयावादीहरुले यो कम्युनिस्टहरु पदका निम्ति झिनाझिम्टी गरिरहेको भनेर भ्रम फैलाइएको दावी गर्दै उहाँले त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरे । ‘पार्टीभित्र देखिएको आन्तरिक संघर्षका कारण पार्टी विभाजन हुन्छ कि भनि धेरैलाई लागेको होला तर त्यस्तो होइन ।

पार्टीको विचार र पद्दतीका लागि मात्र आन्तरिक संघर्ष चलिरहेको हो,’ उहाँले भन्नुभयो । यो संघर्ष र बहसले पार्टीलाई अझै दिगो र बलियो बनाउने बताउँदै उहाँले बहसलाई अझमाथि लगेर पार्टी एकतालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।


 

प्रतिक्रिया दिनुहोस