विद्यालयको शैक्षिक सत्र भदौ १ गतेबाट सुरु हुने

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १६ : ५०
विद्यालयको शैक्षिक सत्र भदौ १ गतेबाट सुरु हुने

सांकेतिक तस्विर

काठमाडौँ । मन्त्रीपरिषद्को पछिल्लो निर्णय अनुसार नेपालमा यस वर्ष विद्यालयको शैक्षिक सत्र भदौ १ गतेबाट सुरु हुने भएको छ ।

२०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विद्यालय सञ्चालनको लागि सरकारले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयमा शैक्षिक सत्र २०७६, ७७ को नतिजा प्रकाशन गर्न बाँकी भएको भएमा नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकिन गर्ने निर्णय भएको जानकारी दिए ।

भर्ना भएका विद्यार्थीको शैक्षिक विवरण उल्लेख गराउने र नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पाठ्यक्रम वितरण गर्न बाँकी भए उपलब्य गराउने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै विद्यालय सञ्चालनको लागि शिक्षकहरु विद्यालय पुगिसक्ने, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा जारी गर्ने, विद्यालय भवनहरुलाई क्वारेनटाइन, आइसोलेशनको रुपमा सञ्चालन नगर्ने, क्वारेटाइन सञ्चालित विद्यालय भवनहरु जो अहिले प्रयोगमा छैनन्, तोकिएको मापदण्ड बजोजिम, स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने भनी मन्त्रीपरिषदले निर्णय गरेको छ ।

यस्तै मन्त्री परिषद्ले विद्यालय, विद्यालय परिसर भित्र वा विद्यार्थी आगमनलाई प्रतिकुल असर पार्ने स्थलको निकट हुने गरी कोभिड १९ उपचार, नियन्त्रण वा रोकथामको लागि कुनै पनि संरचनाहरु नराख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस