विश्व यतिबेला कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त छ । कोरोेना भाइरसबाट बच्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति राम्रोे हुनु पर्छ । चिकित्सकहरुका अनुसार सिस्नोको साग र सुप खाने गरेमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् । केही वैज्ञानिकका अनुसार सिस्नोको प्रयोग गर्दा शरीरमा संक्रमण गराउने केही रसायनको उपस्थिति कम हुन्छ । कतिपय आधुनिक प्राकृतिक चिकित्सकहरू बाथ र एलर्जीमा सिस्नोको प्रयोग गर्छन् ।
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिएपनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् । सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ । -कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नो उपयोगी हुन्छ ।
प्रतिक्रिया दिनुहोस