न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा कोविड–१९ कोरोनाभाइरसबाट एक नेपालीको निधन भएको छ । न्युयोर्कको कुईनिसस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिम्बुको निधन भएको युएस नेपाल पोस्टले जनाएको छ ।
उच्च रक्तश्राप र मधुमेहका बिरामी लिम्बुलाई एक साता अगाडी ज्वरो र टाउनको दुख्न थालेपछि चेकजाँच अस्पताल पुगेका थिए । अस्पतालको रिपोर्टमा उनलाई भाइरस संक्रमण पोजेटिभ भेटिएको पारिवारिक स्रोतले बताएको छ ।
अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका लिम्बुको मंगलबार बिहान निधन भएको हो । पाँचथरका स्थायी बासिन्दा लिम्बु झण्डै २० वर्ष अघिदेखि अमेरिका बस्दै आएको नेपाल जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।
उनका श्रीमति एक छोरी र छोरा छन् । विदेशमा निधन भएका लिम्बू दोस्रो नेपाली हुन् । यसअघि बेलायतमा एकजनाको निधन भएको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ चैत्र २०७६, ०७ : ३२
लेखकबाट थप