पिपिएल : काठमाडौंलाई पराजित गर्दै प्रतियोगिताको फाईनलमा चितवन

मंगलबार, ०८ पुस २०७६, १५ : ०३
पिपिएल :  काठमाडौंलाई पराजित गर्दै प्रतियोगिताको फाईनलमा चितवन

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोज्लले काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । जितसंगै प्रतियोगिताकै शिर्ष स्थान पनि सुरक्षित गरेको छ ।  आज भएको प्रतियोगिता अन्र्तगत टस जितेर फिल्डिङ रोजेको काठमाडौंलाई चितवन राइनोजले एक सय ६८ रनको लक्ष्य दिएको छ ।

प्रतिउत्तरमा खेलेको काठमाडौंले निर्धारित २० ओभर खेल्दै १ सय ७ रन मात्र बनायो । हाल सम्म भएको खेलहरु मध्ये चितवनले अहिले सम्म हार बेहोर्नु परेको छैन् । चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेट र दोस्रो खेलमा बुटवललाई १ सय १९ रनको पराजित गरेको थियो । तेस्रो खेलमा चितवनले धनगढीलाई ५२ रन र चौथोमा विराटनगरलाई १८ रनले हराएको थियो । चितवन अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिको लागि चितवनले एलिमिनेटरको विजेतासँग पुष १२ मा खेल्ने छ ।

८ अंक बनाई चितवन शिर्ष स्थानमा छ ।  ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ पराजित भएपनि उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहेको छ । अब काठमाडौंले प्ले अफमा पुग्ट विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ । प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ । पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार  हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै  मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस