चितवन राइनोजले दियो काठमाडौंलाई एक सय ६८ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, १३ : ०९
चितवन राइनोजले दियो काठमाडौंलाई एक सय ६८ रनको लक्ष्य

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले चितवन राइनोज् र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् । टस जितेर फिल्डिङ रोजेको काठमाडौंलाई चितवन राइनोजले एक सय ६८ रनको लक्ष्य दिएको छ ।

प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ । पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार  हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् ।

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै  मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस