पोखरामा पिपिएलको दोश्रो संस्करण आजबाट शुरु हुंदै

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १० : ५७
पोखरामा पिपिएलको दोश्रो संस्करण आजबाट शुरु हुंदै

काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) को दोश्रो संस्करण आजबाट पोखरामा शुरु हुंदैंछ । प्रतियोगिता हिजै शनिबारबाट शुरु गर्ने बताइएपनि वर्षाका कारण अन्तिम समयमा तयारी नपुगेको भन्दै आयोजकले प्रतियोगिता आजबाट शुरु गर्न लागेको हो ।

प्रतियोगिताको उदघाटन खेलमा आज पोखरा पल्टन र काठमाडौं गोल्डेन वारियर्स बिच हुदैंछ । पिपिएलको पहिलो संस्करणको आयोजक क्विन्स इभेन्ट्सले यस वर्ष दोश्रो संस्करणलाई निरन्तरता दिएको छ । पहिलो संस्करण निकै राम्रो तरिकाले सम्पन्न गरेको इभेन्ट्सले यस वर्ष पनि प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बताएको छ ।

प्रतियोगितामा  मुख्य ६ शहरको नाममा रहेका फेन्चाईज टिमको सहभागिता छ । टिमहरुमा पोखरा पल्टन ,बिराटनगर टाईटन्स, काठमाडौँ गोल्डेन्स वारियर्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज र चितवन राइनोज छ्न । प्रतियोगिता अवलोकन गर्नकै लागि विभिन्न जिल्लाबाट क्रिकेटप्रेमी दर्शक पोखरा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस