उसुमा नेपाललाई दुई स्वर्ण

मंगलबार, १७ मंसिर २०७६, १२ : ३५
उसुमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको उसु खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषमा विजयले ९.४८ अङ्क जोड्दै स्वर्ण पदक जित्नुभएको हो । उहाँले बङ्गलादेश र श्रीलङ्काका खेलाडीलाई पछि पार्नुभएको थियो । 

रजत पदक जितेको बङ्गलादेशले ९.३४अङ्क ल्याएको थियो भने कास्य पदक जितेको श्रीलङ्काले ९.१३ अङ्क जोडेको थियो ।
त्यस्तै महिलामा सुस्मिताले ९.४४ अङ्क जोड्दै स्वर्ण पदक हात पार्नुभएको हो । उहाँले श्रीलङ्का र बङ्गलादेशका खेलाडीलाई पछि पार्नुभएको थियो । सोही स्पर्धामा श्रीलङ्काले ८.५५ अङ्क बटुल्दै दोस्रो भयो भने ७.५३ अङ्क बटुलेको बङ्गलादेश तेस्रो स्थानमा रह्यो । (रासस)

प्रतिक्रिया दिनुहोस