प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाः ‘थप व्यवस्थित बनाउदै लैजानुपर्छ’

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १९ : १९
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाः ‘थप व्यवस्थित बनाउदै लैजानुपर्छ’

चितवन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत चितवनमा सञ्चालीत विभिन्न जोनका कार्यक्रमहरु सोचेजति प्रभावकारी हुननसकेको सरोकारवालाहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना इकाइ चितवनले कृषि ज्ञान केन्द्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइ तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा प्रभावकारी हुननसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जोनका कार्यक्रम सुरु भएको ४ वर्ष वितिसक्दा पनि व्यस्थित रुपमा सञ्चालन हुननसकेको बताइन  । अहिलेसम्म जे जति भए पनि त्यसलाई थप व्यवस्थीत बनाउदै लैजानुपर्ने दाहालको भनाई थियो ।

प्रमुख दाहालले समृद्धिको मुख्य पाटो कृषी क्षेत्र भए पनि अझै प्रभावकारी रुपमा बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन  । उनीले महानगरले यसअघि विकास निर्माण, भौतिक संरचना निर्माणमा बढी बजेट छुट्याए पनि आर्थिक वर्ष ०७६, ७६ का लागी कृषीमा बजेट बढाएको बताइन । कुल आम्दानीको २० प्रतिशत कृषी क्षेत्रमा लगानी गर्ने कार्यक्रम रहेको छ ।  

दाहालले भरतपुर महानगरपालिका वडा न २४ मा ५० विघा जग्गामा सामुहिक खेतीप्रणाली अन्तर्गत कार्यक्रम सुरु गरेकाले यसलाई अन्य स्थानमा पनि विस्तार गर्दै लगीने र भरतपुरलाई सुपर जोन घोषणा गरी बजेट र कार्यक्रम त्यहि अनुसार ल्याउन प्रदेश तथा संघिय सरकारका विभिन्न मन्त्रालयमा पहल गरीरहेको बताइन । 

परियोजना कार्यान्वयन चितवनका प्रमुख मेघनाथ तिमल्सीनाले यसअघि सञ्चालन भईरहेका विभिन्न जोन कार्यक्रमहरुलाई थप व्यवस्थीत बनाउदै लगीने बताएका छन । उनले कृषक पनि आफै जागरुक हुनुपर्नेमा जोड दिएका छन । सरकारको कार्यक्रमबाट लाभ लिदै कृषी कर्ममा लाग्न कृषकहरुलाई उनले आग्रह गरे । 

कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विउ विजन गुणस्तर केन्द्र हरिहरभवन ललितपुरका सहसचिव मदन थापा, केरा जोन सञ्चालक समिति संयोजक खेमराज दवाडी, मौरी जोन सञ्चालक समितिका संयोजक घारामराज तामाङ, तरकारी जोनका संयोजक हरि ढकालले जोन कार्यक्रमबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस