पुलिस विजयी जुनियर पुलिस अफिसर्स कलेज भरतपुर क्वार्टर फाईनल प्रवेश

सोमबार, २२ माघ २०७४, १८ : ०८
पुलिस विजयी जुनियर पुलिस अफिसर्स कलेज भरतपुर क्वार्टर फाईनल प्रवेश

चितवन ।  प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा जुनियर पुलिस अफिसर्स कलेज भरतपुर ३–० को गोल अन्तरले नारायणी फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।
पहिलो हाफको ९औं  मिनेटमा पुलिसका जर्सी नं १३ का हरि कठायतले गोल गरेसँगै खेलमा अग्रता लिएको पुलिसले कप्तान जर्सी नं ९ मोतिलाल महतोले दोस्रो हाफको ३ मिनेटमा अर्को गोल गर्दा थप अग्रता लिएको थियो ।
हरि कठायतले पुन दोस्रो हाफको २०औ मिनेटमा तेस्रो गोल गर्दै आफ्नो टिमलाई ३–० को गोल अन्तरले विजयी गराए ।
खेलको म्यानअफ दि म्याच पुलिसका लागि व्यक्तिगत २ गोल गर्ने हरि कठायत भए । उनलाई  ईक्यान चितवनका अध्यक्ष भानु खरेलले ट्रफि प्रदान गरे । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
मंगलबार पहिलो चरणको अन्तिम खेल आयोजक एभरेष्ट क्लब चितवन र नयाँबस्ती फुटबल क्लब  नयाँबस्तीका बीचमा दिउँसो २ बजे हुने छ ।

 

प्रतिक्रिया दिनुहोस