काठमाडौं । अभिनेत्री प्रियंका कार्की बोल्न खूब रुचाउँछिन् तर बोल्न मेसो पाउँदिनन्। विचार नगरी बोल्दा फसेका थुप्रै उदाहरण छन्। अझ उनको जिब्रो त यति मज्जाले स्लिप हुन्छ कि एक थोक बोल्यो अर्के थोक भइदिन्छ।
हालसालै पनि उनको जिब्रो यसै गरी चिप्लियो। ‘प्रेम दिवस’को प्रिमियरमा उनले फिल्म निर्देशकले होइन, आफैँले निर्देशन गरेजसरी गफ दिइन्। उनको दाबी थियो, ‘फिल्मको स्क्रिप्ट मात्र होइन, मैले ब्लकिङको पनि आइडिया दिएको हुँ।’ कलाकारले निर्देशकलाई स्क्रिप्टदेखि रिलिजसम्म जानेको आइडिया दिन्छ। तर, त्यसको क्रेडिट सार्वजनिक रूपमा लिन खोज्दैन।
पहिला त प्रियंकाले पर्दापछाडि हुने कुरा मिडियामा छरपस्ट पार्नु उचित होइन। यति गरीकन फिल्मले राम्रो प्रतिक्रिया पाएको भए पनि ‘ए ल हो’ भन्नु ! शुक्रबारबाट रिलिज भएको फिल्मलाई न दर्शकले खास मानेका छन्, न अरूले। यति भएपछि प्रियंकाको गफ कसरी पचोस् ? प्रियंका हेटर्सले भन्न थालेका छन्, ‘प्रियंका जान्ने भएर पो रैछ फिल्म यस्तो बनेको !’ एकातिर फिल्म फ्लप, अर्कोतिर अवगाल। प्रियंकालाई कति धेरै बोल्नुपर्ने ? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस