सन्नीको बर्बादी

शुक्रबार, ०६ असार २०७६, २१ : २५
सन्नीको बर्बादी

काठमाडौं । पोर्नस्टार टन्र्ड अभिनेत्री सन्नी लियोनी भारतमा पनि आइटम डान्सका लागि डिमान्डेड हिरोइन हुन्। बलिउडमा डिमान्डेड हिरोइनको नेपालमा के कम भाउ होला ? सायद ‘पासवर्ड’का निर्माता÷निर्देशकको सोच यस्तै थियो। यही भएर उनीहरूले दुइटा फिल्म बनाउने पैसा सन्नी लियोनी नाच्ने एउटै गीतमा खर्चिए।

तर, बलिउडमा ‘बेबी डल’ हेरेर फ्यान भएका नेपाली दर्शक सन्नीको रूखो डान्स हेरेर खास खुशी भएनन्। दुई करोड रुपैयाँ खर्च भएको भनिएको ‘पासवर्ड’को गीत ‘आज को शाम’ले दर्शकको मन जित्न सकेन। गीत हेर्ने दर्शक कसैले गीतको शब्द नै चित्त नुबुझेको त कसैले हिन्दी गीत डब गरेजस्तो लाग्यो भन्ने प्रतिक्रिया दिएका छन्। 

के–के न होला भनेर लगानी गरेको गीतले यति ठन्डा रेस्पोन्स पाएपछि निर्मातालाई पक्कै तनाव होला। तर, दुई करोड खर्चेर यस्तो कमजोर गीत हेर्दा दर्शकलाई पनि कम तनाव कहाँ हुन्छ र ?

प्रतिक्रिया दिनुहोस