क्यानडाको ग्लोबल टि–२० लिगमा सन्दिपसँगै सोमपाल कामी पनि छनौट

एजेन्सी

शुक्रबार, ०६ असार २०७६, ०९ : १८
क्यानडाको ग्लोबल टि–२० लिगमा  सन्दिपसँगै  सोमपाल कामी पनि छनौट

एजेन्सी । एसोसिएट क्रिकेट देश क्यानडाको ग्लोबल टि–२० लिगमा नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेसँगै  तीव्र गतिका बलर सोमपाल कामी पनि छनौट भएका छन्। लिगमा लामिछानेको लगातार दोश्रो पटक आबद्ध भएका हुन् भने सोमपालको पहिलो पटक छनौट भएका हुन्। गत वर्ष मोन्टरियल टाइगर्सका लागि खेलेका सन्दीपलाई यसपटक टोरोन्टो नेसन्सले किनेको छ। बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । सन्दीप लामिछानेको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह समेत रहेका छन् । सन्दीपले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । टाइगर्सले गत वर्ष सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । 

यसैगरी पहिलो पटक विदेशी लिगमा छनौट भएका सोमपाल भने ३ हजार डलरमा बिकेका हुन्। सन् २०१४ नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका सोमपाल त्यसयता लगातार लागि खेल्दै आएका छन्। उनको नाममा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ नम्बरमा आएर सर्वाधिक रन ४० बनाउने विश्वरेकर्ड रहेको छ। प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।
 

प्रतिक्रिया दिनुहोस