चितवन च्याम्पियनसिपमा आज जुगेडी र अभिसेक भिड्दै

सफल खबर संवाददाता

विहीबार, ०५ असार २०७६, ११ : २३
चितवन च्याम्पियनसिपमा आज जुगेडी र अभिसेक भिड्दै

चितवन । पाँचौं चितवन च्याम्पियनसिप कप प्रतियोगिता अन्र्तगत विहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ । जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने खेलमा जु फुटबल क्लब जुगेडी र अभिसेक चर्च रजहर भिड्ने आयोजक एभ्रेष्ट क्लब भरतपुरले जनाएको छ । 
खेल दिउसो ३ बजे सुरु हुने छ । पूर्व विजेता टिम र उपाधि दावेवार टिमका रुपमा रहेका यी दुई टिमबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 
यसअघि वुधबार भएको अर्को सेमिफाइलनबाट जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर फाइनलमा प्रवेश गरेको छ । प्रहरीले देशभक्त फुटबल क्लब नवलपरासीलाई १ शुन्यले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस