एजेन्सी । बलिउड अभिनेत्री तनुश्री दत्ताले अर्का चर्चित कलाकार नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएकी थिइन् । तर प्रहरीले पर्याप्त प्रमाण नपुगेको भन्दै पाटेकरलाई बिहीबार सफाई दियो ।
त्यसपछि दत्ता रिसले चुर भएकी छन् । उनले भनिन्, ‘भ्रष्ट प्रहरी फोर्सले झनै भ्रष्ट व्यक्तिलाई सफाई दियो ।’ ३५ वर्षे अभिनेत्री दत्ताले १० वर्षअघि एउटा फिल्मको सेटमा पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको र राजनीतिक पहुँचको दुरुपयोग गर्दै गुण्डा पठाएर धम्क्याएको आरोप लगाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस