काठमाडाैं । अभिनेत्री आँचल शर्माको अभिनयले खासै प्रशंसा पाउन सकेको छैन । यो विषय उनलाई पनि खट्किएको हुनुपर्छ । त्यही भएर आफू राम्रो स्क्रिप्टको खोजीमा रहेको बताइरहन्छिन् । कहिले भने एक्सन पात्र आफ्नो ड्रिम भएको बताउँछिन् ।
उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । कहिले तस्बिर त कहिले उनका अभिव्यक्ति चर्चामा आइरहन्छन् । हालै उनले फेसबुकमा एक फोटो राख्दै प्रेमिल क्याप्सन लेखेकी छिन्, ‘म अपवादका रूपमा पूर्ण छैन, तर तिमीले मलाई अवश्य लिस्टमा पार्नेछौ ।’
उनको स्टाटसले सम्भवतः आफ्नो प्रेमलाई इंगित गरेको आकलन गरिएको छ । उनको अभिनेता पल शाहसँगको प्रेमको चर्चा चल्ने गरेको छ । तर, यसबारे उनी खुलेर बोल्दिनन् । तर अब उनी कसको लिस्टमा पर्न चाहेकी हुन्, त्यो भने खुलेको छैन । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस