चितवन च्याम्पीयनसिपः देशभक्त फुटबल क्लब क्वार्टरफाईनलमा, माडी स्तव्ध

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, १९ : ५३
चितवन च्याम्पीयनसिपः देशभक्त फुटबल क्लब क्वार्टरफाईनलमा, माडी स्तव्ध

चितवन । देशभक्त फुटबल क्लब नवलपुर पाँचौ चितवन च्याम्पीयनसिप फुटबलनको क्वार्टरफाईनलमा प्रवेस गरेको छ । विहिवार भएको खेलमा मनकामना अस्पताल वसन्तपुर युनाईटेड फुटबल क्लबलाई टाईबेकरमा ५ चारले पराजित गर्दै देशभक्त क्वाटरफाईनलमा प्रवेस गरेको हो । 
निर्धारीत समय १ एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईवेकरबाट लिईएको हो । 
माडीका जुनित घिसीङले खेलको ११ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि देशभक्तका लिसान सुनारले २४ औँ मिनेटमा गोल गर्दै बराबरी बनाएका थिए । त्यसपछि निर्धारीत समय र थपिएको समयमा पनि कुनै गोल हुनसकेन । 
आजको खेलमा देशभक्त फुटबल क्लबका क्याप्टेन विरेन्द्र सारुमगर म्यान आफ दि म्याच बने । उनले सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन । 
यस्तै हरेक दिन एक जना दर्शकलाई गोलाप्रथामार्फत दिईदै आएको मोवाईल उपहार भरतपुर महानगरपालिका १० का दिलिप सिं अधिकारीले पाएका छन । 
प्रतियोगिता अन्तर्गत शुक्रवार पहिलो चरणको अन्तिम खेल हुने छ । हनामि एभ्रेष्ट क्लब भरतपुर र अविसेक चर्च रजहर नवलपरासी भिड्ने आयोजक एभ्रेष्ट क्लबका सचिव विकास कोईरालाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस