काठमाडौं । अभिनय गर्नुअघि डान्स सिकाउँथेँ। एकताका इन्डियन रियालिटी सो ‘डान्स इन्डिया डान्स’ मा राघवको स्लो मोसन डान्सको खूब चर्चा थियो। उसको डान्स हेरेर मैले पनि स्लो मोसन सिकेको थिएँ। नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल ‘सिस्नो पानी झ्याम्मै’मा मैले चार एपिसोड स्लो मोसन डान्ससँगै स्लो मोसन पात्रको भूमिका निर्वाह गरेँ।
तर, त्यो सिरियल लामो समयसम्म टिक्न सकेन। २०–२५ भाग प्रसारण भएपछि बन्द भयो। त्यसपछि नेपाल टेलिभिजनबाटै ‘भद्रगोल’ नाम राखेर अर्को टेलिशृंखला प्रसारण गरिने भयो। त्यसमा ‘जिग्री’को साथीको भूमिकामा काम गर्ने अवसर पाएँ। मेरो स्लो मोसन दर्शकले मन पराउनुभयो। अहिले ‘भद्रगोल’मा ‘कक्रोच’को भूमिकामा छु।
सेटमा कक्रोच बन्न मलाई खासै समय लाग्दैन। मेकअप र कपडामा धेरै समय लाग्दैन। १० मिनेटमै तयार हुन्छु। तर, मैले सबैभन्दा बढी ध्यान आफ्नो कपालमा दिनुपर्छ। सुटिङ गरिरहेका बेलामा कपाल बिग्रियो कि भनेर कपालमा मात्र ध्यान जान्छ। कहिलेकाहीँ कपाल मिलाउँदा स्क्रिप्ट नै बिर्सिन्छु।
कक्रोचको महŒवपूर्ण कुरा भनेको स्लो मोसन डान्स र कपाल हो। मेरा सिन प्रायः एक टेकमै ओके हुन्छन्। क्यारेक्टरमा प्रवेश गरिसकेपछि मलाई अरूको ध्यान हँुदैन। मैले स्टेज कार्यक्रममा पनि भाग लिएको छु। टेलिभिजन पर्दामा आउनुअघि स्टेज कार्यक्रममा क्यामरा फेस गरिसकेको थिएँ। तर, क्यामराअगाडि डायलग बोलेर कहिल्यै एक्टिङ गरिएको थिएन। पहिलो पटक डायलगसँगै क्यामरा फेस गर्दा एकदमै डर लागेको थियो। त्यो दिन सम्झिँदा अहिले पनि डर लाग्छ।
काम गर्दै गएपछि बिस्तारै डर हराउँदै गयो। अहिले त एक पटक स्क्रिप्ट हेरेपछि अभिनय गर्न सक्ने भएको छु। कहिलेकाहीँ सिरियस कुरालाई पनि कमेडीका रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ अलि ग्राहो हुन्छ। मलाई हरिश निरौला भनेर कमैले चिन्छन्। कक्रोच भनेर धेरैले चिन्छन्। भद्रगोलले मलाई दर्शकमाझ चिनाउन ठूलो भूमिका खेलेको छ। भद्रगोल हुन्थेन भने कक्रोचलाई कसैले पनि चिन्ने थिएनन्। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस