– रामेश श्रेष्ठ
कला संस्कृतिको विषयमा राज्यले खास नीति अपनाएको छैन । जे छ, जस्तो छ, चल्दै जान्छ र चलाउँदै जाने हो । जे आइपर्छ गर्दै जाने हो, भन्ने बाटोमा सरकार हिँडिरहेको छ । नीति नियम बनाउने, लागू गर्ने, त्यो गर्दाको परिणाम के होला रु यी र यस्ता विषयमा विचार गरेर सरकारले काम गरे पटक्कै लागेको छैन । अहिले मात्र हैन, यस अगाडिका न काँग्रेस, न कम्युनिस्ट र न अन्य सरकार कसैको पालामा कलासंस्कृतिको विषयमा केही पनि भएन ।
कलासंस्कृतिप्रति अहिलेको सरकारको चरम लापरवाही छ । सत्तामा सधैँ आफू टिकिराख्ने हो कि होइन, सत्ता कुन टाइमा के हुने हो भन्ने असुरक्षा, अस्पष्टताले यस अगाडिका सरकारले कलासंस्कृतिको विषयमा कुनै पनि काम गर्न सकेन ।
अहिले भने अवस्था फेरिएको छ । झन्डै दुई तिहाइको सरकार जनताले दिएका छन् । शक्तिशाली सरकार त छ तर यो सरकार नेपाली कलासंस्कृतिका विषयमा गम्भीर भएको हामीलाई अनुभव भएको छैन । पहिले राजाको पालामा जुन चलन थियो त्यही ढङ्गले चलाउँदै जाने हो । समय टार्दै जाने हो भन्ने प्रवृत्ति अहिलेको सरकारमा पनि देखिएको छ । संस्कृतिबाट नै उठेको कम्युनिस्ट पार्टी अहिले सत्तामा छ । तर यसबाट पनि आस गर्ने अवस्था देखिएको छैन ।
विसं २०२२, ०२३ बाट कलासंस्कृतिको माध्यमले शासनसत्ता परिवर्त गर्न सकिन्छ भनेर हामी राल्फा अभियानमा होमिएका थियौँ । पछि प्रगतिशील मार्क्सवादमा आस्थावान रहेर हामीले जुन संस्कृतिक अभियान चलायौँ । यस्तो परिपाटी आयो भने हामी सुरक्षित हुन्छौँ । हाम्रो जीवन, हाम्रो भविष्य र आउँदा सन्तती सुरक्षित हुन्छन् भनेर पञ्चायत, जनयुद्धलगायत समयका भयावह अवसथा पार गरेर हामी आएका छौं । अहिलेको सरकारलाई जनताले गम्भीरतापूर्वक चल्ने विश्वस्त शक्ति भनेर दुई तिहाइ दिएको छन् । तर यो सरकारमा पनि जनताले त्यस्तो कुनै एउटा परिवर्तन लक्ष्य देख्न नमिलेको अनुभव जनताले गरिरहेका छन् ।
हिजो अभियान चल्दाको समय हामीले जनताको सुपरिवर्तन, असल जीवन र सफल भविष्य देखेका थियौँ । हिजोका केही पनि उद्देश्य पूरा भएको अनभूति भएको छैन । बरु राजा महेन्द्रले लोक सङ्गीतको निमित्त राष्ट्रियताको निमित्त जनताको समिटमा गएर, जनतासँग भिजेर काम गर्ने कोसिस गरेका थिए । नेपाली लोकगीतलाई उठाउनका निम्ति उनले धेरै कोसिस गरेका थिए । नेपाली पहिचानका निमित्त उनको पालमा धेरै कार्यहरू भएका थिए । जनताका लागि उनले ठूलाठूला प्रोजेट, राजमार्गहरू, जनतामा जाने गाउँफर्क कार्यक्रमहरूका साथै जनताको विचार लिने धेरै काम भएको थियो । तर त्यसपछि आएको हाम्रो काँग्रेस र कम्युनिस्ट सरकारको पालमा केही भएको र गरेको छैन ।
आम जनतामा गणतन्त्र, लोकतन्त्रप्रति निराशाका भावनाहरू पैदा हुँदै गइरहेको देख्न सकिन्छ । समयअनुसार हाम्रो देशमा पनि शासन व्यवस्था परिवर्तन भयो, व्यक्ति परिवर्तन भए । तर शैली सस्कार फेरिएन । सामान्ती सोच, संस्कार र त्यो एउटा परम्परारगत जीवन शैली त्यो झन् प्रहर भएर आयो ।
मैले अहिले सत्तामा रहेका साथीहरूसँग सहकार्य गरेका थिएँ । उहाँको अगाडि म अहिले सीधै भन्न सक्छु । तपाईंहरूले अकाश खाली गराएर त्यो सफा गर्ने, जमिन खाली गराएर त्यो सफा गर्ने सपना देखाउनुभयो । तर अहिले राजामहाराज, महारानी आएजस्तो हजारौँ जनातलाई दुःख दिने तपाईंहरूको जुन शैली देखिएको छ त्यो शैली रानी एलिजाबेथले पनि गरिन् होला ।
हामी पश्चिमाका कतिपय देशहरूलाई पुँजीवादी देश भनेर आबरु दिन्छौँ । ती देश पुँजीवादी सिस्टम भए पनि प्रगतिशील जनवादी सिस्टम त्यहाँ लागू गरिएको छ । व्यवहारमा पनि छ । नेपालमा चाहिँ कम्युनिजमका परिभाषा र परिचय के हो रु त्यो उहाँहरूले सोच्नुपर्ने कुरा हो । सत्तामा रहुन्जेल उहाँहरू सोच्नु हुन्न । उहाँहरू सत्तामा घँैटो टिकाउने, त्यही चिप्किरहने, सत्ताको उपभोग कसरी गर्ने रु त्यति मात्र सोच्नु हुन्छ ।
मैले जनताको गीत गाउन थालेको ५३ वर्ष भयो । कस्ता कलासंस्कृति जनताले मन पराउँछन्, जीवनमा हित गर्छन् । कम्युनिस्टका लागि मात्र होइन । आमा मानिस सबैको जीवनका लागि हित गर्ने कला संस्कृति, सोच, शैली व्यवहार, मान्यता र परम्परा स्थापित गर्न हामीले कस्तो कदम भन्ने मलाई पूर्ण ज्ञान छ । म जस्ता देशमा अन्य पनि बुद्धिजीवी छन् । तिनलाई एक पटक बोलाएर राज्यले सरसल्लाह र विचार केही पनि लिएको छैन ।
कम्युनिस्ट भनेको एक किसिमको आदर्श हो । कम्युनिस्ट राज्य व्यवस्था कस्तो हुन्छ रु त्यहाँ काम गर्ने नेतादेखि कर्मचारीसँगले कस्तो ढङ्गले काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छैनौँ । त्यो सिक्नुपर्छ भनेर मैले हरेक अन्तरवार्तामा भन्दै आएको छु ।
अहिले जति कम्युनिस्ट छन् ती होइन् । ती मार्क्सवादमा आस्था राख्ने मात्र हुन् । जसले प्रगतिशील ढङ्गले जीवन सञ्चालन गर्छ । त्यही अनुसारको आस्था र विचार राख्छ । त्यो मात्र कम्युनिस्ट हो । आजका कम्युनिस्टले ती सबै बिर्सिनुभएको छ । अहिले संसदवादी व्यवस्था पुँजीवादी व्यवस्था हो । यो धन हुनेले मात्र बनाउने सरकार हो ।
कम्युनिस्टले उतिबेला हामीले जनवादी सरकार बनाउने, स्थापित गर्ने हो, सुधार होइन । आमूल परिवर्तन गर्ने भन्थे । ती विषयमा कक्षा हुन्थ्यो । आज हिजोका कुरा कहाँ र कसरी लागू भए । आज सम्पूर्ण कम्युनिस्टले हिजोको आफ्नो जीवन, आफ्ना भनाइ नियालेर हेर्नुपर्छ, म हेर्नुस् भन्छु ।
अहिले सरकार सामन्ती सिस्टममा जाँदैछ । जनता प्रगतिशील भएर अगाडि बढिरहेका छन् । राजनीतिक पार्टीभन्दा जनता धेरै अगाडि बढेका छन् । अझ नयाँ पुस्ता धेरै अगाडि देखिएका छन् । उनीहरू राम्रोसँग बोल्छन्, बुझ्छन् र व्यख्या गर्छन् । विज्ञान प्रवृत्तिको पनि उनीहरूलाई ज्ञान छ । उनीहरूलाई कसरी प्रयोग गर्ने, अहिलेसम्म कुन कुन नराम्रा कुरा छन् । ती कसरी हटाउने नयाँ पुस्ता सल्लाह गरिरहेका छन् ।
अहिलेको विषयमा सरकार आँधो छ । बाहिर के के भइरहेको छ । केही थाहा छैन । त्यही ५, ६ जना सल्लाहकार राखेका छन् । तिनले के सल्लाह दिन्छन् । सरकारमा रहेका त्यसरी चल्छन् । अहिले के भइरहेको त्यति पनि थाहा पाउन नसक्ने यो कस्तो सरकार रु सरकारमा रहने यी कस्ता मानिस हुन्, जो समयभन्दा धेरै पछाडि छन् ।
सरकारमा रहेका व्यक्तिहरू अहिले विभिन्न मिडियामा बोलेको हेर्ने हो भने लाग्छ उनीहरूलाई जनताको विषयको केही जानकारी नै छैन । केही पढ्दैन्, बुझ्दैन्, कसैको सुन्दैन् र केही हेर्दैन् । योभन्दा पिछडापन के होला ?
अझै जनताको आवाज गीतमा गुन्जाउनुपर्ने अवस्था छ । त्यसका लागि हामीहरू आफ्नो ढङ्गले काम गरिरहेका छौँ । कार्यक्रम दिइरहेका छौँ । हाम्रो अभियान अहिले पनि निरन्तर छ । त्यसका लागि पुराना राम्रा गीतहरू रिरेकर्डिङ गरेर अहिलेको युट्युबलगायत विभिन्न माध्यममा ल्याइरहेका छौँ । कार्यक्रम पनि भइरहेका छन् । हामीले पहिलेदेखि गुन्जाउँदै आएको आवाज अझै गुन्जाउनुपर्ने अवस्था छ ।
फरक यति हो अहिले यो आवाज अहिले हामीले मात्र गाइरहेका छैनौँ । जनताले पनि गाउन थालेका छन् । पशुपति शर्माको केही पहिले आएको गीत त्यसको उदाहरण हो । हाम्रोभन्दा पनि पछिल्लो समय आएको गीत तगडा छन् । हामी मध्यम वर्गका हौँ । तलबाट पनि फाइदा लिन सक्ने र माथिबाट पनि फाइदा लिन सक्ने । तल्लो वर्गका असल र इमानदार मानिसले पनि जनताका गीत धेरै गाइरहेका छन् ।
पछिल्लो समय गीत बनाउने विषय पनि हजारौँ छन् । अहिले यहाँ केटा र केटीको प्रेमबाहेकका केही देख्र्दैन् । एक फरक किसिमको सोच पैदा हुनुपर्यो । प्रगतिशील गीत बन्न यहाँ गार्यो छ । केटा र केटीको यौन र प्रेमका विषय मात्र गीतमा प्रथामिकतामा पर्ने गरेका छन् ।
मेरो विचारमा प्रेमका हल्का फुल्का गीत बन्नु हुँदैन । वातावरण, राजनीतिलाई शुद्धीकरण गर्ने खालका गीत बनाउनुपर्छ, बन्नुपर्छ । यी सबै विषयमा सरकार केही न केहीको छ ।
अहिले राजनीतिकमा ठूलो परिवर्तन आएको छ । अब गीत सङ्गीतमा पनि जनजीवनको पक्षमा मोडिनुपर्छ । असल जीवन, उत्कृष्ट जीवन, सभ्य जीवन, श्रमशील जीवन र जीवनलाई उच्चतातिर डोर्याउने र अहिलेको नयाँ विज्ञान प्रविधिलाई बुझ्ने र त्यसलाई सदुपयोग गर्ने खालका गीतहरू बन्नुपर्छ । अबको दिनमा मानव जातिका लागि असल, सुन्दर र स्वस्थ्य, उपयोगी, भ्रम चिर्ने, अन्ध विश्वासलाई चिर्ने, सुशासन स्थापित गर्ने गीतहरू हामीलाई चाहिन्छ ।
प्रतिक्रिया दिनुहोस