काठमाडौं । शनिवार साँझ ठमेलको लर्ड अफ दि ड्रिंक्स (एलओडी) नाइट क्लबमा आयोजित भारतीय गायिका नेहा कक्कडको लाइभ कन्सर्ट विवादमा तानिएको छ ।
क्षमताभन्दा बढी टिकट बेच्दा टिकट काटेका दर्शक पनि भित्र छिर्न पाएनन् । सोही आरोपमा आयोजक पारामाउन्ट इन्टरटेन्टमेन्टका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोडल दिपक घिमिरे, भूपिन कुँवर र रविन श्रेष्ठलाई महानगरिय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार क्षमताभन्दा बढी टिकट बेचेर व्यवस्थापन लथालिङ्ग पारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, २१ : २१
लेखकबाट थप