राजेश हमालको अँगालोमा बाँधिएको कल्पना गर्छिन नम्रता सापकोटा

आइतबार, २६ जेठ २०७६, १२ : ३४
राजेश हमालको अँगालोमा बाँधिएको कल्पना गर्छिन नम्रता सापकोटा

काठमाडौं ।

मेरो चाहना
राजेश दाइ मेरो ड्रिम हिरो भन्दा फरक पर्दैन । साडी हावामा उडाएर म पर्खिरहेको । उहाँ आएर अँगाल्दै गीत गाएको कल्पना अझै पनि गर्छु म । 

म बच्चादेखि नै राजेश हमालको फ्यान हुँ । उहाँले मेरो मनमस्तिष्कमा जुन ठाउँ ओगट्नु भएको छ, त्यो अहिले पनि उस्तै छ । सानैदेखि उहाँको फिल्म हेरेँ । उहाँको हाउभाउ र शारीरिक बनोटले मलाई जहिल्यै लोभ्याउँथ्यो । म फिल्म क्षेत्रमा नआउँदै उहाँ मेरो प्रिय हिरो हो । 

स्कुलमा साथीहरूसँग हामी राजेश हमालको कुरा गथ्र्यौँ । उहाँको कल्पना गथ्र्यौँ । मन परेको हिरो भएर होला उहाँका बारेमा सुनिरहँुजस्तो लाग्थ्यो । त्यसैले होला मलाई उहाँसँग काम गर्न अत्यन्तै मन छ ।

सायद मैले जीवनमा पहिलोपटक दिएको अन्तर्वार्तामा राजेश दाइको नै नाम लिएको थिएँ । फिल्म इन्डस्ट्रीमा आएँ, तर उहाँसँग अहिलेसम्म कुनै फिल्म खेल्न पाएको छैन । 
केही वर्षअगाडि मलेसियामा एक कार्यक्रममा पुगेको थिएँ । उहाँसँग भेट भयो । उहाँलाई देखेर म साह्रै नर्भस भएँ । अनि उहाँले मलाई बाँझो खेतमा छड्के सलाम छ मायालाई... बोलको गीतमा सँगै पर्फर्मेन्स देखाउनुपर्छ भन्नुभयो । म त साह्रै भावुक भएँ । त्यो खुसीले मलाई साह्रै आनन्द लाग्यो । बच्चैदेखिको फ्यानसँग राजेश दाइले नाचिदिन्छु भन्नुभयो । 

सकुन्तला फिल्ममा उहाँको लिड रोल थियो । त्यो फिल्मको एउटा आइटम गीतमा मलाई अफर आयो । हमाल दाइसँग फिल्म खेल्न पाउने भएँ भनेर मक्खै भएँ । कम्तीमा एउटा गीतमा भए पनि सँगै देखिन पाउने भएँ भनेर खुसीले गदगद भएँ । तर, आइटम गीतमा उहाँलाई समावेश नै गरिएन ।

हमाल दाइ मेरो ड्रिम हिरोभन्दा फरक पर्दैन । साडी हावामा उडाएर म पर्खिरहेको । उहाँ आएर अँगाल्दै गीत गाएको कल्पना अझै पनि गर्छु म । अहिले पनि उहाँसँग रोमान्टिक लभस्टोरी मूभिमा काम गर्ने मन छ । उहाँको हात समाएर रोमान्स गर्न रहर छ । कलाकार कहिल्यै बूढा हुँदैनन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । अहिले पनि उहाँ उस्तै लाग्छ । भगवान्ले उहाँसँग फिल्म खेल्ने जुराइदिएहुन्थ्यो नि । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस