‘गायिका नभएको भए बार टेन्डर हुन्थेँ’

शुक्रबार, २४ जेठ २०७६, २२ : ०९
‘गायिका नभएको भए बार टेन्डर हुन्थेँ’

फाईल फोटो

 

काठमाडौं । हुन त सानैदेखि मेरो सपना गायिका र डान्सर हुने थियो । त्योभन्दा अरू सोचेकी पनि थिइनँ । तर, स्कुल जाँदा भने मिसहरू देखेर उनीहरूजस्तै बन्न मन लाग्थ्यो । सारी, ओठमा लिपस्टिक अनि ‘नक्कली’ मिसहरू देख्दा उनीहरूजस्तै राम्री बन्न मन लाग्थ्यो । रक्सी खान थालेपछि बार गएँ । त्यसपछि भने मलाई बार टेन्डरप्रति आकर्षण जाग्यो । यदि म गायिका र डान्सर नभएको भए बार टेन्डर हुन्थेँ । झिलिमिली लाइटमा डान्स गर्दै रक्सी बेच्दै गर्नुको आनन्द अर्कै हुन्छ ! 

मान्छे थरीथरीका हुन्छन्, बोतल नचाउने, रक्सी दिने । निकै रमाइलो लाग्छ । रमाइलैरमाइलोमा सकिने कामले तानेको हो । विदेशका बार पनि गएँ । केटीहरू चिटिक्क परेर बसेका । सफा कपडा र राम्रा । 

विदेशी नाइट क्लबमा कसैलाई कसैको मतलब हुँदैन । यहाँजस्तो कुरा काट्ने हुँदैनन् । कसैको अनुमतिविना कसैलाई छोयो भने कानुन लाग्छ । त्यहाँ त किस खाँदा पनि मतलब नहुने । यहाँ पो केटाहरूले डान्स गर्दै जाँदा केटीलाई डिस्टर्ब गर्छन् । यहाँको राम्रो पक्ष भनेको नेपाली गीत पनि बज्छन् । बार पनि संगीतसँगै सम्बन्धित छ । त्यसकारण पनि बार टेन्डर हुन मन परेको हो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस