काठमाडाैं । सलमान खानसँग जसले जोरी खोज्छ, उसलाई बलिउडमा टिक्न निकै गाह्रो हुन्छ । यसको उदाहरण हुन्, विवेक ओवराय । त्यसकारण बलिउडमा जोकोही सलमानसँग दुस्मनी गर्न चाहँदैनन् । पछिल्लो समय सलमान बलिउडमा कोहीसँग रिसाएका छन् भने ती एक मात्र पात्र हुन्– प्रियंका चोपडा । कारण हो, प्रियंकाले साइन गरेर पनि सलमानको भारत छाडिन् । बिहेको कारण देखाउँदै प्रियंकाले भारत छाडेपछि सलमान उनीसँग यति रिसाएका छन् कि अचेल उनी कहीँ पनि प्रियंकाको पक्षमा कुरा गर्दैनन् ।
खबरअनुसार सलमानले प्रियंकाको हातमा परेको एउटा ठूलो फिल्म फुत्काइदिएका छन् । त्यो कसरी भने, सावरियामा अभिनय गरेपछि उनको निर्देशक सञ्जयलीला भन्सालीसँग सम्बन्ध बिग्रिएको थियो ।
भन्सालीले बाजिराव मस्तानीपछि प्रियंकालाई लिएर एउटा फिल्म बनाउने तयारी गरेका थिए । त्यसका साथै उनले इन्साअल्लाह नामक फिल्मको पनि तयारी गरिरहेका थिए । इन्साअल्लाहमा सलमान खेल्न राजी भए । सलमान मानेपछि भन्सालीले प्रियंकालाई लिएर बनाउने भनिएको फिल्ममा अरू नै हिरोइन लिने चक्करमा छन् । किनकी भन्साली सलमानलाई चिढ्याउन चाहँदैनन् । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस