काठमाडौं । फिल्म ‘मिस्टर नेपाल’मा भुवन केसी दाइसँग काम गर्दै छु । उहाँ अभिनय राम्रो गर्ने मात्र नभई दर्शकले पनि रुचाएको अभिनेता हो । उहाँ यस्तो कलाकार हो, जसको फिल्म नचलेको भन्ने नै छैन । उहाँसँग काम गर्न पाउँदा खुसी हुने नै भएँ । हामी जब कलाकार भएर काम गर्छौं या आबद्ध हुन्छौँ, त्यहाँ उमेरको कुरै आउँदैन । त्यहाँ अनुभव र कामको कुरा हुन्छ । भुवन दाइ मभन्दा एकदम सिनियर कलाकार हुनुहुन्छ । ६० नाघ्नुभयो होला । मलाई त झनै काम गर्न सहज हुन्छ जस्तो लाग्छ ।
एउटा कलाकारले जोसँग पनि स्क्रिन सेयर गर्न सक्छ । मलाई भुवन दाइ वा अनमोल दुवैसँग काम गर्न समस्या छैन । म अनमोलको पनि प्रशंसक हुँ । उनले अभिनय गरेका फिल्म हेरेको छु । उनको अभिनय खुब मन पर्छ । उसले ‘कृ’जस्तो सिनेमा गरे पनि रोमान्टिक फिल्म नै फाप्छ जस्तो लाग्छ । म आफैँलाई फिल्ममा मन पर्ने विधा पनि रोमान्स नै हो । ह्वाई नट अ रोमान्टिक फिल्म विथ अनमोल ?
भुवन दाइ ६० नाघ्नुभयो होला । मलाई त झनै काम गर्न सहज हुन्छ जस्तो लाग्छ । म अनमोलको पनि प्रशंसक हुँ ।
मैले देखेकोचाहिँ भुवन र अनमोल केसी दुवै स्टार हुन् । भुवन दाइ आफ्नो समयको स्टार हो भने अनमोल अहिलेको । त्योबाहेक अनुभवका हिसाबले भुवन दाइसँग मैले धेरै कुरा सिक्न सक्छु । अनमोलसँगको स्क्रिन सेयरिङले नयाँ पुस्ताबारे जान्दछु । नयाँ पुस्ताले फिल्मलाई कसरी हेरिरहेको छ भन्ने पनि त थाहा पाउनुप-यो नि ।‘मिस्टर नेपाली’को कुरा गर्दा दुई राम्रा कलाकारले स्क्रिन सेयर गर्दा कोही एउटा कलाकार छायामा पर्दैन । जब दुई राम्रा कलाकारले खेल्छन्, फिल्म राम्रो बन्छ । म सिनियर कलाकारसँग काम गर्दै छु । मेरो भूमिका कति र के भनेर हेरेको छैन । सकेको दिनेछु ।
हुन त भुवन दाइसँग फिल्म खेल्दा चुनौती पनि छ । फिल्म बनाउने भएपछि उहाँसँग अस्ति मात्र भेट भएको हो । हामी दुवै एक्साइटेड छौँ । मलाई नर्भसनेसचाहिँ छैन । उहाँहरूले जुन भूमिका दिनुभएको छ, त्योे निर्वाह गर्नेछु । भुवन दाइसँग काम गर्न पाउँदा एक्साइटमेन्टचाहिँ बढी छ । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस