फिल्म ‘जाइरा’को टिजर सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २३ जेठ २०७६, १२ : ५८
फिल्म ‘जाइरा’को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको रुपमा देखिएकी छन् । 

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठको अलवा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी फिल्ममा खेलाडीको रुपमा रहेकी छिन्, भने अभिनेता मगर नम्रताको कोचको भुमिका छन् । 

कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लिको प्रस्तुति रहेको फिल्मको प्रसन्न गोपाली कार्यकारी निर्माता हुन् ।  कल्याण सिंह, डिजे राजु र टमब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ, भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ ।

कार्यक्रममा अभिनेत्री नम्रताले मार्शल आर्ट जस्तो देखिन फिल्मको लागि  धेरै मिहनत गर्नु परेको बताइन् । उनले भनिन् ‘शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल समेत काटे ।’

मिक्स मार्शल आर्ट्स ‘जाइरा’को मुख्य  कथा भएको निर्देशक आशुतोष राज श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस