काठमाडौं । बलिउड अभिनेता सलमान खान फिल्ममा किसिङ सिन दिँदैनन् । उनी हिरोइनलाई अँगाल्छन्, तर किस गर्दैनन् । फिल्म क्षेत्रमा आउनुभन्दा अघि नै किस सिन नदिने कुरामा उनले निर्णय लिएका थिए । सलमानले आजसम्म आफूले खाएको बाचा तोडेका छैनन् ।
यद्यपि, सलमानले एउटा लिपलक किस सिन दिएका छन्, ‘मैने प्यार क्युँ किया’मा भाग्यश्रीका साथ । तर, सलमानले यो सिनमा हिरोइनलाई छोएकासम्म थिएनन् ।
यो किस सिन कसरी बन्यो भन्ने जान्न आवश्यक छ । निर्देशक सुरज बडजात्याले भाग्यश्री र सलमानलाई मनाउनका लागि निकै पापड पेल्नुपरेको थियो, कारण, दुवै यस (लिपलक)का लागि तयार थिएनन् । तर, सुरजले सिसाको ग्लास दुवैको बीचमा लगाएर सिन सुट गरेका थिए । यसपछि सलमानले नो किस क्लोजको अडान लिएका छन् । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस