काठमाडौं । नेपाल सम्भवतः पहिलो यस्तो देश हो, जहाँका ब्युटी पेजेन्ट विजेता हिरोइनभन्दा बढी चर्चित हुन्छन्। अझ मिस नेपालको त कुरै बेग्लै।
मिस नेपाल हुनुको मतलव हो, एकै रातमा सेलिब्रिटी बन्नु। त्यसैले मिस नेपाल सधैँ चासोको केन्द्रमा हुन्छन्। मिडिया सधैँ उनीहरूको ब्रेकिङ न्युजको खोजीमा हुन्छ।
तर, यो हप्ता दुई मिस नेपालले उल्टै मिडियाले ब्रेकिङ न्युज दिए, धमाधम आफ्ना प्रेमी इन्स्टामा सार्वजनिक गरिदिएर। मिस नेपाल अस्मी श्रेष्ठले इन्स्टामा भारतीय गायक सनम पुरीसँगको तस्बिर राख्दै प्रेममा रहेको जनाउ दिइन् भने मलिना जोशीले थाइल्यान्डमा जिमर सुशान्त प्रधानसँगको फोटो सार्वजनिक गर्दै आफ्नो नयाँ प्रेमको खुलासा गरिन्।
अस्मीले सनमलाई नेपालकै एक कार्यक्रममा भेटेको बताइएको छ। यो कार्यक्रममा सनम गीत गाउन आएका थिए भने अस्मी कार्यक्रमको उद्घोषण गर्न पुगेकी थिइन्। यता मलिनाले सुशान्तलाई कहाँ भेटिन्, डिटेल आउन बाँकी छ।
तर, थाइल्यान्डको पटायामा मलिनाले जुन सहजताका साथ फोटो खिचेकी छिन्, त्यसले दुवैको प्रेम गहिरो रहेको बताउँछ। दुवै मिस नेपालको लभ पर्यो, त्यो त बुझिन्छ तर यो प्रेम दुनियाँलाई देखाउन चाहिँ किन मन लाग्ने होला? सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस