काठमाडौँ । बलिउड सुपरस्टार सलमान खानलाई अधिकांश फिल्मकर्मी भाइजान भनेर सम्बोधन गर्ने गर्छन् । तर, खासमा सलमान आफूलाई भाइजान भनेको मन पराउँदैनन् । उनी आफू आफ्ना दाजुभाइ बहिनीहरूले मात्र भाइजान भनेको मन पराउँछन् ।
हालैको एउटा अन्तर्वार्तामा सलमानले आफूलाई कैटरिना कैफले भाइजान नभनून् भन्ने इच्छा व्यक्त गरे । सलमानको यो कुराको मान्छेले आ–आफ्नो रूपमा व्याख्या गरेका छन् । सलमान र कैटरिनाबीच कस्तो सम्बन्ध छ भन्नेबारे सबै जानकार छन् । त्यसकारण सलमान पहिला नै सजक भएका छन् । मिडियाले कैटरिनालाई सलमानको इच्छाबारे सोध्न भ्याएछन् ।
कैटरिनाले जवाफ दिइछन्, ‘सलमान मेरा मिल्ने साथी हुन् । उनलाई म किन भाइजान भनूँ ?’ कैटरिनाको उत्तर सुनेर सायद सलमान खुसी होलान् । कैटरिनाको करिअर अघि बढाउन सलमानले निकै सहयोग गरेका छन् । उनीहरूबीच अफेयर चलिरहेको भारतीय मिडियाले उल्लेख गर्दै आइरहेका छन् । उनीहरू अभिनित नयाँ फिल्म भारत ५ जुनमा रिलिज हुँदै छ । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस