प्रभासको साहोमा  सलमानको केमियो !

शुक्रबार, १० जेठ २०७६, १४ : ०१
प्रभासको साहोमा  सलमानको केमियो !

काठमाडाैं । बाहुबली हिरो प्रभासले हालै सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्म साहोको पोस्टर सार्वजनिक गरेका छन् । निर्माण घोषणादेखि नै चर्चामा रहेको साहो १५ अगस्टमा प्रदर्शन हुँदै छ । फर्स्टलुकसँगै साहोसम्बन्धी नयाँ खबर बाहिरिएको छ । भारतीय मिडियाले उल्लेख गरेअनुसार साहोमा बलिउडका सुपरस्टार सलमान खान केमियो रोलमा देखिनेछन् ।

साहोका निर्माता र हिरो प्रभासलाई नील नितिन मुकेशले सलमानलाई केमियो रोलमा ल्याउने आइडिया दिएका हुन् । निलले उनीहरूलाई साहोमा सलमानलाई समेट्न सके हिन्दी दर्शकमाझ पनि साहो लोकप्रिय हुने बताएका थिए । सोहीअनुसार सलमानलाई प्रस्ताव गएको बताइन्छ । 

सुटिङ पूरा भइसकेको साहोको फर्स्टलुक, टिजर पनि सार्वजनिक भइसकेको छ । सलमान केमियोका लागि राजी भएमा उनका केही दृश्य खिचिनेछ । सुजितले निर्देशन गरेको साहो तीन सय करोड भारु लगानीमा निर्माण भएको बताइन्छ । फिल्ममा प्रभासका साथमा श्रद्धा कपुर, नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ, महेश मांजारेकरलगायतले अभिनय गरेका छन् ।  - नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस