एजेन्सी । यतिखेर हिन्दी सिनेमा ‘स्टुडेन्ट अफ दि इअर–२’ भारत र अन्य मुलुकका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । चंकी पाण्डेकी छोरी अनन्या पाण्डे र टिभी कलाकार तारा सुतारियाले डेब्यु गरेको यो सिनेमाले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।
अनन्या, तारा र जैकी स्रोफका छोरा टाइगर स्रोफको मुख्य भूमिका रहेको यो सिनेमाले शुक्रबार र शनिबार गरी दुई दिनमा २६ करोड भारतीय रुपैयाँ कमाइसकेको छ । सिनेमाको व्यापार विश्लेषक तरन आदर्शका अनुसार शुक्रबार १२ करोड कमाएको त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमाले शनिबार १४ करोड कमाएको हो ।
आर्दशका अनुसार इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को फाइनलका कारण आइतबार भने सिनेमाको व्यापारमा केही कमी आउन सक्छ । यद्यपि टाइगरको यसअघिका फिल्म बागी, अ फ्लाईङ जट, मुन्ना माइकल र हिरोपन्थीका तुलनमा यो सिनेमाको कमाइ राम्रो भएको छ ।
यो सिनेमा आलिया भट्ट, बरुण धवन र सिदार्थ मल्होत्रा अभिनित ‘स्टुडेन्ट अफ दि इअर’ को सिक्वेल हो । नयाँ पत्रीका
प्रतिक्रिया दिनुहोस