‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

आइतबार, १५ पुस २०७५, १५ : २८
‘व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर’

रुपन्देही । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ । 
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाउनुभयो । निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गर्नुभयो । 

नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंँल्याउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस