राष्ट्रिय निकुन्ज ऐन तत्काल संशोधन गर्न सांसद रावलको माग

शुक्रबार, १३ पुस २०७५, १६ : २६
राष्ट्रिय निकुन्ज ऐन तत्काल संशोधन गर्न सांसद रावलको माग

चितवन । राष्ट्रिय सभा सदस्य पार्वती रावलले निकुञ्ज ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद रावलले २०२९ सालमा बनेको ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानकषर्ण गर्नुभएको हो ।
निकुञ्ज ऐनका कारण माडी, ठोरीका बासिन्दाले सास्ती व्यहोरर्न बाध्य भईरहेकाले निकुञ्ज ऐन संशोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । ६ महिनाको अवधीमा जंगली हात्तीको आक्रमणबाट माडीमा ३ र ठोरीमा २ जनाको मृत्यु भएको छ ।
नयाँ निकुञ्ज ऐन नबनेकाले त्यस क्षेत्रको विकास निर्माणको काम लामो समयदेखि अवरुद्ध हुँदै आईरहेको छ भने वन्यजन्तु पडितिले उचित क्षतीपुर्ती पाउन सकेका छैनन ।
चितवनसहित देशैभरका राष्ट्रिय निकुन्ज आसपासका नागरिकले यस्तै समस्या भोग्नुपरेको रावलको भनाई छ ।
निकुञ्ज नेपालीको लागि गर्वको बिषय भएपनि जंगली जनावरको आक्रमणले गर्दा अभिसाप बन्ने खतरा बढेको उहाँले बताउनुभयो । जनताका लागि बनाइएको ऐन, नियम, कानुन जनमैत्री हुनुपर्ने उहाँको धारणा छ । रावलले ठोरी–केरुङ लोकमार्ग निर्माण गर्दा रिउ खोलाको किनारबाट गर्नुपर्ने धारणा राख्नु भयो । रिउ किनारबाट सडक निर्माण गर्दा क्षति न्यूनिकरण हुनुका साथै जंगली जनावरको समस्या पनि कम भएर जाने औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस