जलवायु परिवर्तनसँगै मानव अस्तित्व नै खतरामा : राष्ट्रपति भण्डारी

बुधबार, ११ पुस २०७५, १६ : ०८
जलवायु परिवर्तनसँगै मानव अस्तित्व नै खतरामा : राष्ट्रपति भण्डारी

चितवन : राष्ट्रपति विद्यादेवि भण्डारीले जलवायुको परिवर्तनको असरबाट जैविक विविधता र वन्यजन्तु लोप हुने खतरा बढेको बताउनु भएको छ ।  
१५ औं चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जुट्न सरकोकारवालालाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जलवायुको परिवर्तले यहाँ जैविक विविधता, वन्यजन्तु, चराचुरुङगीको जोखिम न्युनिकरण ठाँउ र समय अनुकुलन अनुसार संरक्षण गर्दै जानु मानव जातिको कर्तव्य नै हो ।’ उहाँले भन्नुभयो, यसले पर्यटनमा नकारात्क असर पु¥याउँछ । त्यति मात्र होईन मानव जीवनको अत्तित्व पनि खतरामा परेर जान्छ ।’
राष्ट्रपति भण्डारीले सर्वश्रेष्ठ चेतनशील प्राणीको रुपमा रहेको मानव समाजलाई समृद्ध बनाई रहन जीवजन्तु र प्राकृतिलाई दुःख दिन र संकट थोपर्नु राम्रो कुरा नभएको बताउनुभयो । “यस कुरामा हामीहरुले ध्यान पु¥याउनु पर्दछ” उहाँको जोड थियो ।
 
जलवायु परिवर्तनले जैविक विविधतालाई नकारात्मक असर पु¥याउने हुँदा यसको जोखिम न्यूनिकरण तथा परिवर्तित अवस्थामा हात्ती लगायतका वन्यजन्तुलाई ठाउँ र मौसम अनुसार अनुकूलन गर्दै लैजानु मानव जातीको कर्तव्य भएको उहाँले भनाई थियो ।
 
यस क्षेत्र भएर बग्ने महत्वपूर्ण नदीहरुले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई जीवन्त राख्न ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले विश्व सम्पदा तथा रामसार सूचीमा सूचीकृत यहाँका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा ध्यान पु¥याउँदा ठूलो संस्कृतिक गन्तव्यको रुपमा रहेको देवघाट क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 
यस क्षेत्रमा रहेका विभिन्न जातजातीको संस्कृतिलाई पर्यटन प्रबद्र्धनमा जोड्ने प्रयासको स्रहाना गर्दै उहाँले भन्नुभयो “थारु संस्कृति प्रबद्र्धनमा थारु संग्रहालय र कार्यक्रमहरुले मुद्दत पुगेको मैले महसुस गरेको छु ।”
राष्ट्रपति भण्डारीले सबैभन्दा ठूलो स्तनधारी प्राणी हात्ती संरक्षण गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सरकारी, सामुदायिक र निजी क्षेत्रको पहलमा यस क्षेत्रका गैंडा लगायतका वन्यजन्तुको चोरी शिकारीमा केही कमी आएको भए पनि गैंडाको प्राकृतिक मृत्यु बढेको सुन्दा आफूलाई दुःख लागेको राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाँको सुझाव थियो “मानव र वन्यजन्तुबीच हुने द्वन्द्वले पु¥याउने असरलाई निराकरणका लागि ठोस उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ ।”
 
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा पर्यावरणमैत्री भौतिक पूर्वाधारको विकास गरी पर्यटन प्रबद्र्धनमा ध्यान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रपति भण्डारीले पर्यापर्यटनको दिगो विकासका लागि सोही अनुकूलको शैक्षिक जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
 
देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान पु¥याउने पर्यटन उद्योगले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने संकल्प साकारा पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ भन्ने आफ्नो पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो ।
 
पाहुनालाई देवताको रुपमा हेरिएको भन्दै उहाँले भन्नुभयो “हाम्रो परम्परामा अतिथि देवो भवः भन्ने परम्परा रहेको छ ।” उहाँले पर्यटन उद्योगलाई समृद्ध तुल्याउन स्वदेशी तथा विदेशी लगानी सुनिश्चित गर्न सम्बद्ध पक्षले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वन र वन्यजन्तु मानव जीवनको अभिन्न अंग भएकाले यिनीरुको संरक्षणमा सरकारले प्रमुख दायित्व लिएको बताउनुभयो । उहाँले पर्यापर्यटनको अथाह सम्भावना भएको नेपालमा वन र वन्यजन्तुमा आधारित यस्ता गतिविधिले पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको बताउनुभयो ।
 
सोही अवसरमा प्रदेश नं. ३ का मुख्य मन्त्री डोरमणि पौडेलले पर्यटनको ठोस योजना नहुँदा प्रदेश सरकार अलमलमा रहेको भन्दै उहाँले पर्यटनको विकासलाई ओझेलमा राखेर देशमा समृद्धि ल्याउन नसकिने बताउनुभयो । वन र वन्यजन्तु देशका अमूल्य निधी भएको भन्दै उहाँले यस्ता मेला महोत्सवले वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सहयोग पुग्ने बताउनुभयो ।
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, नेपाल होटल संघका केन्द्रीय अध्यक्ष अमरमान शाक्य, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, प्रथम उपाध्यक्ष दीपक भट्टराई लगायतले बोल्नु भएको थियो ।
 
सो अवसरमा संरक्षण तर्फ चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत नुरेन्द अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसायतर्फ अमरमान शाक्य र हरिहर सैजुलाई सम्मान गरिएको थियो ।महोत्सव अन्तर्गत हात्ती लम्कने प्रतियोगिता, हात्तीका छावाबीचको फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीहरुको वनभोज, हात्ती पेन्टिङ प्रतियोगिता हुने संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
देशभरका कविहरुलाई सौराहा ल्याएर संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फैलाउन कवि गोष्ठी आयोजना गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सम्म महोत्सव सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस