४ बर्षभित्र चितवनको मुहार फेरिन्छ: प्रचण्ड

मंगलबार, १० पुस २०७५, १४ : ४९
४ बर्षभित्र चितवनको मुहार फेरिन्छ: प्रचण्ड

फाईल तस्विर

चितवन : पूर्वप्रधानमन्त्री एव नेपाल कम्यृुनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको ४ बर्षभित्र चितवनको मुहार फेरिने बताउनु भएको छ ।
जानकी माध्यमिक विद्यालय भरतपुर महानगरपालिका २७, मेघौलीको स्वर्ण महोत्सवको उद्घाटन गर्दै ४ बर्षभित्र नारायणी,राप्ती र रिउमा तटबन्धनसहित रिङरोड निर्माणले जिल्लाको मुहार फेरिने बताउनुभयो ।
चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगती हाँसिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष प्रचण्डले ४ बर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताउनु भयो ।
अबको ४ बर्षभित्र चितवनको सबै बाटाहरु पिच हुन्छन्,उहाँले भन्नुभयो,‘नारायणी,राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुबर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पुर्णता पाउनसाथ चितवनको मुहार फेरिन्छ ।’
जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै चितवन जिल्लाले सिंगै देश विकासको नमुना प्रस्तुत गर्ने उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले यहाँको अव्यवस्थित बसोबासको समस्या, बेतरी खोलाको पुल निर्माणमा पुर्ण सहयोग रहने प्रवितवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस