कर्मचारी समायोजन अध्यादेश पेश गर्ने सरकारको तयारी

मंगलबार, १० पुस २०७५, ०८ : ३२
कर्मचारी समायोजन अध्यादेश पेश गर्ने सरकारको तयारी

काठमाडौं । संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुने भएकोछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन भोलि चार बजेका लागि बोलाउनुभएको छ ।


हिउँदे अधिवेशनको पहिलो बैठकमा संघीय मामिला तथा स्थानीय प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सम्बन्धि अध्यादेश–२०७५ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै बैठकमा प्रशासकीय अदालत विधेयक टेबल गरिने पनि कार्यसूची छ । यस्तै अन्य आवश्यक विधेयक यस अधिवेशनमा सरकारले पेश गर्ने तयारी गरेको छ । बैठकको आरम्भमा राष्ट्रपति भण्डारीद्वारा अधिवेशन आह्वान गरिएको पत्र वाचन गरेर सुनाइने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस