कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुन्छ: सभापति देउवा

मंगलबार, ०४ मंसिर २०७५, १२ : २३
कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुन्छ: सभापति देउवा

फाईल तस्विर

विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रकै कोइरालाहरू मिलेजस्तै पार्टी पनि एक ढिक्का हुने बताएका छन् । कोइराला परिवारमा झगडा सकिए झैं कांग्रेसमा पनि झगडा सकिने देउवाको भनाइ थियो ।

नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलन देउवाले भने, ‘उहाँहरु कोइराला मिलेजस्तै कांग्रेस पनि अब एक ढिक्का हुन्छ । मेरो प्रयास पनि यही हो ।’

मंसिर २ गते महामन्त्री डा।शशांक कोइरालम, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगरको कोइराला निवासमा एउटै कार्यक्रममा भेला भई एकताको सन्देश दिएका थिए ।

‘परिवार मिल्नु, गाउँ मिल्नु र जिल्ला मिल्नु झन् राम्रो हो,’ कोइरालाहरू एक हुँदा आफू नअत्तालिएको बताउँदै देउवाले भने, ‘यो मिलनले अब पार्टी पनि मिल्छ भन्ने संकेत दिएको छ ।’

देउवाले पार्टीभित्र नेताहरूबीच नै बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै प्रतिप्रश्न गर्दै भने, ‘कुन घरमा झगडा छैन् रु एउटै घरमा त झै–झगडा हुन्छ भने पार्टी पनि एउटा ठूलो जीवन भएको संस्था किन हुँदैन ।’ पार्टी संचालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो।

देउवाले पार्टीमा रहेको समूह, उप–समूह,उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए । पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उप–सभापति मनोनयन गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने, ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु । यो राजनीतिक निर्णय हो ।’ नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए।

प्रतिक्रिया दिनुहोस