मन्त्रिपरिषदको निर्णय प्रत्येक साता पत्रकार सम्मेलन मार्फत सुनाईने

सोमबार, २६ कार्तिक २०७५, १२ : ४५
मन्त्रिपरिषदको निर्णय प्रत्येक साता पत्रकार सम्मेलन मार्फत सुनाईने

काठमाडौँ । नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णय प्रत्येक हप्ता पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलन सुचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको नेतृत्वमा गरिन लागिएको हो ।
मन्त्रिपरिषद् निर्णय सरकारले लुकाउन खोजेको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ ।
प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूले सूचना लुकाउन नभइ व्यवस्थित गर्न मन्त्रिपरिषद्लगत्तै निर्णय सार्वजनिक गर्ने चलन रोकिएको नेकपा का नेताहरु बताउछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सातामा एक दिन पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्ले गरेका निर्णय र सरकारका कामबारे जानकारी दिने तयारी भइरहेको जानकारी दिनुभयो ।मन्त्रिपरिषद् निर्णयबारे हतारमा सबै कुरा भन्न नसकिने, राम्ररी रिपोर्टिङ पनि नहुने भएकाले नयाँ व्यवस्था ल्याउन लागिएको अर्यालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस